नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पोखरा र लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न सरकारले बेवास्ता गरेको बताउनुभएको छ । उहाँले विमानस्थल चलाउन पाउँदैनौ भनेर भित्र भनेपनि बाहिरबाट कुनै शक्तिले भन्न नसक्ने बताउनुभयो । अध्यक्ष ओलीले चीनलाई पर्यटक ल्याउन आग्रह गर्ने हो भने पनि वार्षिक ५ देखि १० लाख पर्यटक ल्याउनसक्ने भन्दै उहाँले सरकारले विमानस्थल सञ्चालनमा जोड दिनुपर्ने बताउनुभयो ।।